top of page
Search

आदर्श नमुना मावि लालमटियामा अध्ययनरत ४० जना विद्यार्थीलाई सिपी नेपालले दियो साइकल उपहार

Writer's picture: Dinesh Raj SapkotaDinesh Raj Sapkota

भालुवाङ २५ असार । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित आदर्श नमुना मावि लालमटियामा अध्ययनरत ४० जना विद्यार्थीहरूलाई क्रियटिङ पोसिबिलिटिज (सिपी नेपाल)ले साइकल उपहार दिएको छ ।सो संस्थाले राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको सहकार्यमा हालै सो विद्यालयमा अध्ययनरत अति गरिव तथा अति विपन्न परिवार, जेहेन्दार तथा दुरीको हिसावले टाढाबाट पढ्न आउने ४० जना छात्रा छात्रहरूलाई ३ लाख बढी मुल्य बराबरको नयाँ साइकल प्रदान गरेको सिपी नेपालकी विद्यार्थी सशक्तिकरण संयोजक दिपा चौधरीले जानकारी दिएकी छिन् ।



विद्यार्थीहरु नयाँ साइकल पाएपछि खुसी समेत भएका छन् । घरबाट पैदल हिडेर विद्यालय आउँदा र जाँदा निकै दुख पाएका विद्यार्थीहरु साइकल पाएपछि खुसी भएका हुन् । साइकल नहुँदा समयमा विद्यालय पुग्न नसक्ने र घर पुग्न समेत अबेर हुने गरेको विद्यार्थीहरुको भनाई रहेको छ । २०६४ सालमा दाङको गढवा गाउँपालिकामा सिपी नेपालले शाखा स्थापना गरि शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ ।



हाल राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा कार्यक्षेत्र बनाएर काम गर्दै आएको सिपी नेपालले आवश्यकताको आधारमा भवन निमार्ण गर्ने देखि लिएर महिला शसक्तिकरणका लागि पनि काम गर्दै आइरहेको सिपी नेपालका डाइरेक्टर दिनेशराज सापकोटाले जानकारी दिएका छन् ।

२० जना पुर्व कम्लहरीबाट काम सुरुवात गरेको सिपी नेपालले ५६ ओटा आमा समुह गठन गरि १ हजार बढी सदस्य विस्तार गरेको छ । भने हाल ३ वटै पालिकाका विभिन्न विद्यालयमा अध्ययनरत १ हजार ५ सय भन्दा बढी साइकल वितरण गरिसकिएको सिपी नेपालका डाइरेक्टर सापकोटाले जानकारी दिएका छन् ।

  • ओमप्रकाश गुप्ता

  • २५ असार २०८०, सोमबार १९:३०

  • From :


0 views0 comments

Opmerkingen


Home

About Us

Blog

Get Involved

Bhairavi Marg
Kathmandu 44600 Nepal

97714008617

certified.webp
  • Instagram
  • Facebook
  • Youtube

© 2024 Creating Possibilities Nepal

bottom of page