top of page
Search

चार महिने वित्तीय साक्षरता कक्षा शुरु

Writer's picture: Dinesh Raj SapkotaDinesh Raj Sapkota
बिहिबार, पौष ११, २०८१
बिहिबार, पौष ११, २०८१

युगबोध समाचारदाता



तुलबहादुर कँवर मगर

सिसहनियाँ । राप्ती गाउँपालिका वडा नम्बर २ कटाहामा मजदुर लक्षित चार महिने वित्तीय साक्षरता कक्षा शुरु गरिएको छ ।



क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपालको आयोजना र राप्ती गाउँपालिकाको समन्वयमा सञ्चालनमा आएको उक्त कक्षाको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष विष्टले मजदुरहरूको जीवनस्तर उकास्न आधारभूत लेखपढ र व्यवहारिक ज्ञान प्रदान गर्न कक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ‘आफ्नो कमाइको सही व्यवस्थापन, बचत, लगानी र आर्थिक सुरक्षाको ज्ञानमार्फत श्रमिकहरूलाई आत्मनिर्भर र सशक्त बनाउने हाम्रो उद्देश्य हो’– उहाँले भन्नुभयो ।


राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष पहलवान चौधरीले श्रमिक वर्गले लेखपढ र हिसाब किताब नजान्दा भोग्नुपरेका समस्याबारे चर्चा गर्दै यस कक्षाले उनीहरूको दैनिक जीवनमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो । ३० जनाको सहभागिता रहेको साक्षरता कक्षाको सहजीकरण अस्मिता चौधरीले गर्नुभएको थियो । सो

अवसरमा कक्षामा सहभागीहरुलाई शैक्षिक सामग्रीहरु समेत वितरण गरिएको थियोे ।


This article is copied from Yougbodh.
This article is copied from Yougbodh.


2 views0 comments

Recent Posts

See All

Comments


Home

About Us

Blog

Get Involved

Bhairavi Marg
Kathmandu 44600 Nepal

97714008617

certified.webp
  • Instagram
  • Facebook
  • Youtube

© 2024 Creating Possibilities Nepal

bottom of page