top of page
Search

स्वास्थ्य चाैकिलाई सरसफाइ सामग्री सहयाेग

Writer's picture: Dinesh Raj SapkotaDinesh Raj Sapkota

हेमराज शर्मा,

दाङ्ग ( गढवा), ११ साउन। क्रियटिङ पोसिबिलिटिज नेपाल चैनपुरले काेइलाबास स्वास्थ्य चाैकिलाई व्यक्तिगत सरसफाईका सामग्रीहरु  सहयोग गरेको छ । कोरोना भाइरसको संक्रमण कम गर्नका लागि काेइलाबास स्वास्थ्य चाैकिलाई उक्त सरसफाई सामग्री सहयोग गरिएको क्रियटिङ पोसिबिलिटिज नेपालका निर्देशक दिनेशराज सापकाेटाले जानकारी दिए । गढवा गाउँपालिका वडा नं. ८ ,का अध्यक्ष सद्दाम सिद्दिकि र स्वास्थ्य चाैकिका प्रमुख कृष्णप्रसाद अाचार्यलाई संयुक्त रुपमा उक्त सामग्री प्रदान गरिएको हाे ।

 भारतकाे सिमा नजिकै रहेकाे उक्त स्वास्थ्य चाैकिलाई क्रियटिङ पोसिबिलिटिज नेपालले सर्जिकल ग्लोब १०० ओटा, केएन ९५ मास्क ५० ओटा, स्प्रे टंङ्की १ ओटा, सोडियम हाइपोक्लोराइट ५ लीटर, सेनिटाइजर ५ लीटर , लुगाधुने साबुन ९६ ओटा, नुहाउने साबुन ९६ ओटा र फाेहाेर फाल्ने डस्टबिन १ ओटा प्रदान गरिएको क्रियटिङ पोसिबिलिटिज नेपालका बिद्यार्थि संयोजक श्याम चौधरीले जानकारी दिए ।  

सोहि अवसरमा गढवा गाउँपालिका वडा नं. ८ का अध्यक्ष सद्दाम सिद्दिकिले भारत संग सिमाना जाेडिएकाे र बिकट भएता पनि क्रियटिङ पोसिबिलिटिज नेपालले काेइलाबास स्वास्थ्य चाैकिलाई सहयाेग गरेकाेमा धन्यबाद ब्यक्त गर्दै अाफुहरु स्वास्थ्य चाैकिमा ल्याब संचालनकाे तयारीमा रहेकाे र पुर्वाधारकाे कमि भएकोले सहयाेग गरिदिनु अाग्रह गरेका थिए ।



0 views0 comments

Comments


Home

About Us

Blog

Get Involved

Bhairavi Marg
Kathmandu 44600 Nepal

97714008617

certified.webp
  • Instagram
  • Facebook
  • Youtube

© 2024 Creating Possibilities Nepal

bottom of page